एन्फा राष्ट्रिय लिग फूटबल : प्रतिस्पर्धात्मक खेलमा चित्लाङले नव जनजागृति युवा क्लबलाई हरायो

एन्फा राष्ट्रिय लिग फूटबल प्रतियोगिताको शनिबार सम्पन्न पहिलो खेलमा चित्लाङ फूटबल क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेलिएको खेलमा काठमडौंको चित्लाङ फूटबल क्लबले सिमराको नव जनजागृति युवा क्लबलाई २–१ गोलले हरायो । पहिलो हाफको खेल १–१ को बराबरीमा सकिएपछि दोस्रो हाफमा चित्लाङ फूटबल क्लबले निर्णायक गोल गरेको थियो । खेल शुरू भएको २८औं मिनेटमा चित्लाङ फूटबल क्लबका लागि म्याथ्यू बाबातुन्डेले पहिलो गोल गरेका थिए । तर, चित्लाङको त्यो अग्रता लामो समय टिक्न सकेन । निर्धा...