उर्लाबारीका मनोहरीको अचारयात्रा- विश्वभर छर्दैछ स्वाद !

मोरङको उर्लाबारी–७ मा एउटा यस्तो सुगन्ध आउँछ, जसले जोकोहीको जिब्रो रसाउँछ । त्यहाँ न कुनै ठूला मेसिनको गडगडाहट छ, न त कुनै विदेशी रसायनको गन्ध ।  त्यहाँ एउटा पाको अनुभव, केही जाँगरिला हात र आफ्नै मौलिक पाक प्रविधि छ । यो ‘आरएमडी अचार उद्योग’ हो, जहाँ गएको ६ वर्षदेखि व्यवसायी मनोहरी दाहाल अचारको संसारमा रमाइरहेका छन् । कुनै समय मनोहरीको परिचय ‘कञ्चनजंघा होटल एन्ड लज’का साहुजीका रूपमा मात्रै सीमित थियो ।  ३३ वर्षसम्म उनले उर्लाबारीमा होटल चलाए, हजारौंलाई खुवाए र सयौंल...