सनासो प्रहार गरी श्रीमतीको हत्या

रुकुम पश्चिममा श्रीमतीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिका १ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फा कामीको टाउको र हातमा सनासो प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । उक्त घटना शुक्रबार अपरान्ह घटेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार अभियुक्त गणेशबहादुरलाई हिरासतमा लिएर कारबाही थालिएको छ । अभियुक्तले मादक पदार्थ सेवन गरी श्रीमतीमाथि सनासो प्रहार गरेको जानकारी प्राप्त भएको...