काठमाण्डौ – नेपाली कांग्रेसका नेता एवम् काठमाण्डौ मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले आईसीसी टी–२० विश्वकपको सुपर आठमा नेपाली क्रिकेट टोली पुगेमा टोलीलाई २० लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयाेजना गरेकाे विश्वकप खेल्न जाने खेलाडीको बिदाइ कार्यक्रममा आज नेता शर्माले क्रिकेट टोलीको परिवारसहितको उपचारको जिम्मा पनि आफूहरुले लिएको जानकारी दिनुभयो । दुई वर्षको लागि क्यानसँग खेलाडी र उनीहरुको परिवारको उपचारका लागि काठमाण्डौ मेडिकल कलेजले सम्झौता गरेको उहाँले बताउनु...