काठमाण्डौ – नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाप्रति आभार व्यक्त गरेको छ । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले लामो समयसम्म पार्टीको नेतृत्व गरेकोमा देउवाप्रति आभार व्यक्त गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । यस्तै बैठकले पार्टीमा निष्क्रिय रहेका र विभिन्न कारणले पार्टी छाडेकाहरूलाई फर्कन आह्वान गरेको छ । त्यस्तै, आउँदो फागुन २१ गतेको चुनावमा सक्रिय हुन पार्टी पंक्तिलाई अपिल गर्ने निर्णय पनि गरेको प्रवक्ता चालिसेले बताउनुभयो । उहाँले निर्वाचन आयोगले...