गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित रहेको नयाँ अध्ययनको निष्कर्ष

गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित रहेको एउटा नयाँ अध्ययनले देखाएको छ । गएको वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारासिटामोल राम्रो नभएको र गर्भवती महिलाले यसको प्रयोग गर्न नहुने दाबी गर्नुभएको थियो । तर नयाँ अध्ययनले ट्रम्पका दाबीलाई खण्डन गर्दै पारासिटामोलको प्रयोग गर्दा बच्चामा अटिजम वा विकास अवरोधजस्ता समस्या देखिने कुनै आधार नरहेको जनाएको छ । ‘द ल्यान्सेट’ पत्रिकामा प्रकाशित अनुसन्धानले पारासिटामोलको प्रयोगसम्बन्धी ४३ वटा सबैभन्दा ठोस अध्ययनहरूको समीक्षा गरेको बीबीसीले जनाएको छ । यसमा विशेष गरी ग...