तोरकीन उपन्यासका पात्र, परिवेश र घटनाक्रम केवल कथात्मक संरचनाभित्र सीमित छैनन् । ती पाठकको चेतनाभित्र पस्दै, स्मृति, अनुभूति र आत्मसंवादका तहहरूमा गहिरोसँग चिमोटिरहन्छन् । यो कृति पढ्दै जाँदा म पाठक मात्रै रहिनँ, म स्वयं यात्रामा निस्किएँ । चराङ, मुस्ताङ, मनाङ, सोलु, रारा हुँदै स्मृतिका गल्ली–गल्ली हिँडिरहेँ । यो यात्रा बाहिरी मात्र होइन, भित्री थियो । भूगोलसँगै आत्माको यात्रा थियो । यी भूगोलहरू मेरा लागि अपरिचित थिएनन् । तल्लो र उपल्लो मुस्ताङ, मनाङ, सोलु र रारामा मैले गरेका यात्राका जीवन्त स्मृतिहरू तोरकी...