अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्ने आफ्नो योजनाको विरोध गर्ने देशमाथि नयाँ आयात कर (ट्यारिफ) लगाउने विचार गरिरहेको बताएका छन् । ट्रम्पले महिनौंदेखि अमेरिकाले संसारकै सबैभन्दा ठूलो टापु ग्रीनल्याण्डमाथि नियन्त्रण गर्नुपर्ने अडान राख्दै आएका छन् । यसै साता उनले त्यसबाहेकको कुनै विकल्प अस्वीकार्य हुने घोषणा गरेका थिए । उनले नाटो सदस्य डेनमार्कको अर्धस्वायत्त क्षेत्र रहेको ग्रीनल्याण्ड अमेरिकाले अधिग्रहण गरेमा त्यसले राष्ट्रिय सुरक्षा हित पूरा गर्ने र रक्षा गठबन्धनलाई अझ बलियो बनाउने तर्क प्रस्तुत गरेक...