जब अन्डरवर्ल्ड डन दाउद इब्राहिमलाई कपिल देवले हकार्दै ‘ड्रेसिङ रुम’बाट बाहिर लखेटे​

विश्व क्रिकेटमा खेलाडीले गर्ने प्रदर्शनसँगै खेलाडीको ‘ड्रेसिङ रुम’ पनि सधैं समर्थकको चासोको विषय बन्ने गरेको छ । ड्रेसिङ रुममा खेलाडी, प्रशिक्षक र व्यवस्थापकबाहेक अन्य व्यक्तिको  पहुँच नहुने भएकाले पनि त्यहाँ हुने अधिकांश गतिविधि गोप्य हुने गर्छ । कुनै पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा ड्रेसिङ रुममा हुने गतिविधि बिरलै बाहिर आउने गर्छन् । बेलाबखतमा खेलाडीहरूले नै ड्रेसिङ रुमका गतिविधिलाई बाहिर ल्याउने गरेका छन् । समयको लामो कालखण्ड बितिसकेपछि बाहिर आउने यस्ता घटनाले समर्थकलाई पनि गतिलै मनोर...