काठमाण्डौ – राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र चित्लाङ फुटबल क्बल विजयी भएका छन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मीले मनाङ मर्स्याङ्दी क्लबलाई ५–० गोलले हराएको हो । यस्तै आजै एन्फा कम्प्लेक्स ललितपुरमा भएको पहिलो खेलमा चित्लाङले नव जनजागृति क्लबलाई २–१ गोलले हरायो । आजै हुने तेश्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लब खेल्दैछन् । यो खेल दशरथ रङ्गशालामा बेलुकी साढे ६ बजे शुरु हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा &lsq...