उम्मेदवार छान्न कांग्रेस संसदीय बोर्डको बैठक बस्दै, समानुपातिक सूचीको स्वामित्व लिने

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आज शनिबारदेखि नै उम्मेदवार छनोटको गृहकार्य गर्ने भएको छ । यसका लागि शनिबार साँझ संसदीय बोर्डको बैठक राखिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई निर्वाचन आयोगले मान्यता दिएपछि सभापति गगन थापाले उम्मेदवार छनोटको गृहकार्य थालेका हुन् । आयोगको निर्णयमा असन्तुष्टि जनाइरहेको समूहलाई समेत समेट्नेगरी टिकट वितरणको गृहकार्य भइरहेको कांग्रेस स्रोतले बतायो । प्रवक्ता चालिसेले सबैलाई समेटेर उम्मेदवार छान्ने बताए । यसअघि श...