कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिस भएका नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनोडिया एमालेमा प्रवेश गरेका छन् । शनिबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सदस्यता ग्रहण गर्दै उनी एमाले प्रवेश गरेका हुन् । उनी लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य पनि हुन् । उनलाई एमालेले उम्मेदवार बनाउने गरी पार्टीमा भित्र्याएको बताएको छ । एमाले नेता तथा प्रदेश सांसद गिरीधारीलाल न्यौपानेले उम्मेदवार बनाउने गरी नेता कानोडियालाई भित्र्याएको जानकारी दिए । कानोडिया एमाले प्रवेश गरेपछि कांग्रेसबाट अभि...