पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी छाडेकालाई पुनः कांग्रेसमा फर्कन आग्रह गरेको छ । पार्टी सभापति गगन थापाको नेतृत्वमा आज भएको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न कारणले पार्टीबाट अलग भएकालाई पार्टीमा पुनः आबद्ध हुन आग्रह गरेको हो । निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरेकोमा आयोगप्रति बैठकले आभार व्यक्त गरेको छ । बैठकले एकता, सद्‌भाव र सहकार्यमा जोड दिँदै देशविदेशमा रहेका सबै कांग्रेसीमा न...