६ महिनामा ३९ अर्ब रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाण्डौ – चालू आर्थिक वर्षको पहिलो छ महिनामा ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार साउनदेखि पुस मसान्तत सम्ममा ४ सय ७५ वटा उद्योगमा ३९ अर्ब रुपैयाँ भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो । चालू आर्थिकम वर्षमा ७ वटा ठूला, ८ वटा मध्यम र ४ सय ६० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । प्रत्यक्ष वैदेशिक लगानीको अहिलेसम्मको कुल प्रतिबद्धता भने ७ हजार ७ सय ...