हलो छाडेर ड्रोन समातेपछि फेरियो आसरेरामको भाग्य : खेतीबाटै करोडको मालिक, वार्षिक २६ लाख आम्दानी !

कञ्चनपुरको बेलौरी–६ को पूर्व–दक्षिण कुनाबाट हल्का हावासँगै एउटा ड्रोन उडिरहेको छ । तल्लो बगरमा हरियालीले ढाकिएको उखुको फाँट, मध्यान्हको घाम र त्यसको बीचमा उभिएका छन् आसरेराम वडायक, उनको हातमा ट्याब छ, आँखामा विश्वास र ओठमा मुस्कान। त्यस ड्रोनबाट छरिँदै छ कीटनाशक, न कुनै गन्ध, न स्वास्थ्य जोखिम । आधुनिक कृषि प्रविधिको प्रयोग देख्दा लाग्छ, यो कुनै विकसित राष्ट्रको दृश्य हो, तर होइन यो कथा हो नेपालकै एउटा गाउँको र यसका नायक हुन्- पहिले वैदेशिक रोजगारी सपना बोकेर काठमाडौं गएका, अहिले सुदू...