चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

विश्वभर व्यावसायिक अन्तरिक्ष उद्योग तीब्र गतिमा विकास हुँदै गर्दा चीनले पनि यस क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । चीनको लङ मार्च–१२ बी रकेटको परिक्षण हिजो सफलत भएसँगै चीन व्यावसायिक रकेट कार्यक्रममा बलियो बनेको देखिएको हो । लङ मार्च–१२ बी रकेट चाइना एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनअन्तर्गतको व्यावसायिक रकेट निर्माण कम्पनीले विकास गरेको नयाँ पुस्ताको पुनः प्रयोगयोग्य रकेट हो । यो रकेट विशेष गरी न्यून–पृथ्वी कक्ष अर्थात् लो अर्थ अर्बिटका उपग्रह तैनाथ गर्न डिजाइन गरिएको हो । यस रकेटमा २० टनसम्म तौल बोक्...