नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो तीन बजेदेखि बैठक जारी रहेको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका उम्मेदवारबारे छलफल भइरहेको छ । 'जिल्ला हुँदै प्रदेश कमिटीले केन्द्रमा उम्मेदवारको नाम सिफारिस गरेका छन्, ती नाममा पार्टीका शीर्ष नेताहरूले छलफल गरिरहनुभएको छ,' डा अधिकारीले भने । न...