प्रविधिलाई आत्मसाथ गर्न नसक्दा मुलुक आर्थिक रूपमा पछि परिरहेको छ- उपाध्यक्ष श्रेष्ठ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले प्रविधिमा आएको तीव्र परिवर्तनलाई नेपालले समयमै आत्मसाथ गर्न नसक्दा मुलुक आर्थिक रूपमा पछि परिरहेको बताए ।  नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको वार्षिक साधारणसभा तथा हीरक जयन्ती उत्सवको शनिबार उद्घाटन गर्दै उनले विश्व परिवेशमा देखिएको आर्थिक तथा राजनीतिक परिवर्तनले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारेको उल्लेख गरे ।  उनले विकास त भएको तर सन्तोषजनक नभएको उल्लेख गरे । ‘दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल नगरेसम्म नेपाल धनी मुलुक बन्न सक्दैन,’ उन...