कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बह्मदेवका २३ वर्षीय दिनेश नायक विसं २०८० असारमा अध्ययन गर्न रुस गएका थिए । त्यहाँ पुगेको दुई महिनापछि रुसी सेनामा भर्ति भएको जानकारी परिवारलाई गराएका थिए । बुवा कर्णसिंह नायकका अनुसार त्यतिबेला परिवारले दिनेशलाई सेनामा नजान सम्झाएका दिनेशले मानेका थिएनन् । “हामीले सेनामा नजाउ बरु घरमा आउँ भनेर सम्झाउँदा मानेनन् ।” दिनेशका बुबा कर्णसिंहले भने, “१०–१५ दिनका लागि युद्धमा जान्छु आएपछि फोन गर्छु भन्थ्यो, १०–१५ दिनको अन्तरमा फोन गर्ने गथ्र्यो, तर ...