आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिका अनुसार भए गरेका कामबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ । मन्त्री अर्यालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीसँग शनिबार आयोगको कार्यालय, बहादुर भवनमा छलफल गरेका हुन् । त्यसअवसरमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगबाट स्वीकृत कार्यतालिका अनुसार निर्वाचनको काम नियमित भइरहेको जानकारी गराए । उनले निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका र अब निर्वाचन तयारीका हिसाबले करिब ८० प्रतिशतभन्दा ...