दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन् । उनले अहिले १३ वटा गाई र १२ वटा भैँसीपालन गरेका छन् । स्वदेशमा केही गरौँ भनेर सुरु गरेको व्यवसायबाट मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको शर्माले जानकारी दिए । “खर्च कटाएर अहिले मासिक रु एक लाखदेखि डेढ लाखसम्म आम्दानी हुन्छ”, उनले भने । दैनिक ७५ लिटरसम्म दूध उत्पादन हुँदै आएको उनले बताए । हाल बजारमा रु ९५ प्रतिलिटर दूध ...