सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दै

सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना बढ्दै गएको छ ।  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा (साउनदेखि पुससम्म) यहाँ भएका सवारी दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये ३० जना पुरुष, पाँच जना महिला र चार जना बालबालिका रहेका छन् ।  उक्त अवधिमा सवारीसाधन दुर्घटनामा परेर ३४५ जना गम्भीर र ७४२ जना सामान्य घाइते भएका कार्यालय प्रमुख प्रहरी निरीक्षक सालिकराम तिमिल्सिनाले जानकारी दिए । ६ महिनाको अवधिमा स...