प्रहरीका ११ जना एसएसपीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

नेपाल प्रहरीको जनपदतर्फका ११ जना एसएसपी (वरिष्ठ उपरीक्षक)को सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले शनिबार उनीहरूलाई सरुवा गरेको जानकारी दिएको हो । यसैगरी हालै बढुवा भएका हालै बढुवा भएका १० एसएसपीको पदस्थापन समेत भएको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रमेश कुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा रानीपोखरीमा सरुवा गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा भने सन्तोष खड्कालाई पठाइएको छ । त्रिभुवन अन्तर्र...