त्रिभुवन विश्वविद्यालयले वार्ता र संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्न सबैलाई आग्रह गरेको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाका शाखा अधिकृत भोला महतोले आज विज्ञप्ति जारी गरी तोकिएको शैक्षिकसत्र (वर्ष) भित्र गुणस्तरीय शिक्षा प्रदान गर्ने जिम्मेवारी कार्यान्वयनमा अवरोध हुने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका हुन् । कुनै समस्या र असहमति भए वार्ता एवं संवादका विधिसम्मत माध्यामबाट समाधान खोज्न विद्यार्थी, शुभचिन्तक र सम्बन्धित सबैमा अनुरोध गरिएको छ । “शैक्षिक तथा प्राज्ञिक निकायमा हुने त...