७७ वटै जिल्लामा एमालेद्वारा उम्मेदवार चयन

नेकपा एमालेले एकाध क्षेत्रबाहेक ७७ वटै जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।  शनिबार बसेको एमाले सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । प्रतिनिधिसभा निर्वाचन फागुन २१ मा हुँदैछ । त्यसका लागि माघ ६ गते मनोनयन दर्ता हुँदैछ ।