३ माघ, काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारहरूको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनका अनुसार उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । त्यस्तै, क्षेत्र नम्बर १ मा भने प्रदीप ज्ञवाली उम्मेदवार बनेका छन् ।