नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि अधिकाशं क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । शनिवार बसेको एमाले सचिवालय बैठकले अधिकाशं क्षेत्रको उम्मेदवार टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । एमालेको ११ औं महाधिवेशनमा ईश्वर पोखरेलको प्यानलबाट चुनाव लडेका केही नेताको टिकट टुंगो लागेको छैन । पोखरेल चुनाव लड्दै आएको काठमाडौं ५ अध्यक्षले पछि टुंगो लगाउने गरी खाली राखिएको भट्टले जानकारी दिए । यस्तै उपमहासचिव योगेश भट्टराईको क्षेत्र ताप्लेजुङ पनि अध्यक्षले...