एमालेमा यी नेताले पाए टिकट, अब कहाँ-कहाँ टुंगिन बाँकी ? (सूचीसहित)

नेकपा एमालेले आगामी निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो ।  उपमहासचिव लेखराज भट्टले पार्टीले ७७ वटै जिल्लाका अधिकांश क्षेत्रमा उम्मेदवार तय गरेको र केही क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीसँगको थप परामर्शपछि टुंगो लगाइने जानकारी दिए ।  उपमहासचिव भट्टका अनुसार सुदूरपश्चिम प्रदेशबाट उम्मेदवार छनोटको घोषणा सुरु गरिएको थियो। कैलालीमा क्षेत्र नं. १ बाट द्वारिका प्रसाद न्यौपाने, २ बाट सूर्यबहादुर थापा, ३ बाट गौरीशंकर चौधरी, ४...