काठमाडौँ उपत्यकाबाट को–को हुने भए एमाले उम्मेदवार ?

 प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले काठमाडौँ उपत्यकाका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये ६ वटामा उम्मेदवार निश्चित गरिएको जानकारी दिए। उनका अनुसार बाँकी ४ वटा महत्वपूर्ण क्षेत्रमा भने अझै उम्मेदवार घोषणा हुन बाँकी छ। ती क्षेत्रहरूमा अध्यक्ष केपी शर्मा ओलीसँगको थप परामर्शपछि निर्णय लिइने बताइएको छ। एमालेले काठमाडौँमा क्षेत्र नं. १ बाट मोहन रेग्मी, क्षेत्र नं. २ बाट मणिराम फुयाल, क्षेत्र नं. ३ ...