विष्णु पौडेल पाल्पा-२ बाट उम्मेदवार

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा २ बाट उम्मेदवार बनेका छन् । पाल्पा २ बाट पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।  पौडेल २०५१ सालमा पाल्पा २ वाट निर्वाचित भएका थिए । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पाल्पाका दुवै सिट एमालेले जितेको थियो ।  शनिवार बसेको एमाले सचिवालय बैठकले अधिकांश क्षेत्रमा पार्टीका उम्मेदवार चयन गरेको हो ।