३ माघ, काठमाडौं । नेकपा एमालेले अनेरास्ववियुका अध्यक्ष दीपक धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सचिवालय बैठकले डोटीबाट धामीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो । यहाँबाट धामी सहित एमाले जिल्ला अध्यक्ष मञ्जु मलासी, पूर्वअध्यक्ष चक्र मल्ल समेतको नाम सिफारिस भएको थियो ।