काठमाण्डौ – नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावको लागि उम्मेदवार छानेको छ । हिजो बसेको केन्द्रीय सचिवालय बैठकले केही क्षेत्रबाहेक उम्मेदवारको टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार उम्मेदवार चयन गर्न बाँकी क्षेत्रमा टुङ्ग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका अनुसार, पर्सि मङ्गलवार उम्मेदवारहरूको मनोनयन हुँदैछ । एमालेले भावी प्रधानमन्त्रीका रूपमा पार्टीको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीलाई नै अघि सार्ने निर्णय पनि गरेको छ ।...