नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले उम्मेदवार छनोटबारे पार्टीको निर्णय सुनेर विचलित नहुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । उनले अझ उच्च मनोबल र एकताका साथ पार्टीले तय गरेका उम्मेदवारलाई विजयी गराउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन समेत आग्रह गरेका छन् । आइतबार बिहानै सामाजिक सञ्जालमा एक टिप्पणी गर्दै भट्टराईले लेखेका छन्, ‘नेकपा एमालेका प्रिय कमरेडहरू निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु । अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय ...