आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजदेखि

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजदेखि शुरु हुँदैछ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने उद्घाटन खेलमा नेपालले आज थाइल्यान्डसँग खैल्दैछ । खेल नेपाली समयअनुसार बिहान ९ बजे शुरु हुनेछ । नेपाली क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले प्रतियोगिताका लागि उत्साहित रहेको बताएकी छन् । प्रतियोगिता शुरु हुनुभन्दा एकदिन अघि हिजो प्रि–म्याच कन्फेरेन्समा उनले १८ वर्षपछि मौका पाएकाको र अभ्यास खेलबाट धेरै कुरा सिक्ने अवसर पाएकाले मनोबल बढेको बताइन् । यो नेपालले आयोजना गर्न लागेको अ...