गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उर्लाबारीमा श्रद्धाञ्जलीसभा गरिएको छ । उर्लाबारी र आसपासका क्षेत्रका संगीतप्रेमी, शुभचिन्तक तथा कलाप्रेमीहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा गायक डम्बर नेपाली, सृष्टि हिङमाङसहित बिहानी कला केन्द्रका कलाकारहरूको सहभागिता रहेको थियो । सहभागी कलाकार तथा उपस्थित व्यक्तिहरूले प्रशान्त तामाङले नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै उनको निधनले अपूरणीय क्षति पुगे...