सिङ्गापुरले भेप अर्थात् विद्युतीय चुरोटविरुद्ध कडा अभियान सञ्चालन गरेको छ । सन् २०१८ देखि नै देशमा भेप प्रतिबन्धित भए पनि पछिल्ला दिनमा लागूऔषध मिसाइएका भेपहरु समेत कालोबजारमा लोकप्रिय हुँदै गएपछि सरकारले कडा कदम चालेको बीबीसीले जनाएको छ । सिङ्गापुरमा भेप राखेमा मात्र जेल, पुनस्र्थापना केन्द्र वा कोर्रा सजायसमेत हुन सक्छ । तस्करहरूले एयर कन्डिसनर, बिजुली सामानजस्ता वस्तुभित्र लुकाएर सिङ्गापुरमा भेप पुर्याउने गरेका पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले सिङ्गापुरको अभियानलाई टर्निङ पोइन्ट भन्दै यसले आउँदो दशकको विश्वव्यापी सुर्तिज...