४ माघ, चन्द्रपुर (रौतहट) । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखेको छ । सुरक्षाका दृष्टिकोणले विभिन्न स्थानीय तहमा रहेका ती मतदानस्थल अतिसंवेदनशील सूचीमा राखेको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए […]