कर्णाली खेलकुद विकास परिषद्को सदस्यसचिवमा तीन जनाको नाम सिफारिस गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव धोलकराज ढकाल संयोजकत्वको छनोट समितिले आज अन्तर्वार्तामा सहभागी १० जनाको सूचीमध्येबाट वीरेन्द्रनगर नगरपालिका–७ का रवीन्द्र चन्द, भेरीगङ्गा नगरपालिका–४ का दीपक हमाल र वीरेन्द्रनगर–५ का प्रमोद हमालको नाम सिफारिस गरेको हो । कर्णाली खेलकुद विकास परिषद् सदस्यसचिव छनोटसम्बन्धी मापदण्ड–२०८२ को दफा ७ बमोजिमको मूल्याङ्कनबाट प्राप्त गरेको अङ्क र दफा ८ बमोजिम अन्तर्वार्तामा हासिल गरेक...