आईसीसी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगिता आज आइतबारदेखि काठमाडौंमा शुरू हुँदैछ । प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ । नेपालमा आयोजना हुन लागेको हालसम्मकै सबैभन्दा वृहत् अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभिन्न महादेशबाट छनोट भएर आएका १० टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्यू गिनी (पीएनजी) र अमेरिका रहेका छन् । समूह ‘बी’ मा भने आयोजक नेपालसँगै नेदरल्य...