नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दलको नेतामा मङ्गल शाही चयन भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बसेको नेकपा प्रदेशसभा दलको बैठकले मुगु ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई ध्वनि मतका आधारमा बहुमतबाट दलको नेता चयन गरेको हो । प्रदेशसभा सदस्यत्रय विद्यमान विष्ट, दुर्गाबहादुर रावत र मङ्गलबहादुर शाहीले दाबी नछोडेपछि ध्वनि मतका माध्यमबाट बहुमतका आधारमा शाही दलको नेतामा चयन भएका हुन् । दलको नेतामा प्रदेशसभा सदस्यद्वय रणसिंह परियार र कृष्णबहादुर जिसीको पनि दाबी रहेको थियो । ...