रास्वपाको केन्द्रीय समिति बैठक आज, प्रत्यक्ष उम्मेदवार चयनबारे छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी विषयमा छलफल हुने बताइएको छ। विशेष गरी पार्टीका तर्फबाट प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने विषयमा केन्द्रीय समितिमा विस्तृत छलफल हुने जनाइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्ने समय तोकेसँगै राजनीतिक दलहरू उम्मेदवार चयन प्रक्रियामा व्यस्त बनेका छन्। यही सन्दर्भमा रास्वपाले पनि केन्द्रीय समिति बैठकमार्फत उम्मेदवार ...