नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको नाम टुंगो लगाएको छ। शनिबार सम्पन्न पार्टी सचिवालयको बैठकले प्रदेशका हेभीवेट नेतादेखि युवा अनुहारसम्मलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो। उपमहासचिव लेखराज भट्टले सार्वजनिक गरेको विवरणअनुसार लुम्बिनीका १२ वटै जिल्लामा एमालेले आफ्ना उम्मेदवारहरू करिब तय गरिसकेको छ। केही क्षेत्रमा भने रणनीतिक कारणले नाम थाती राखिएको बताइएको छ। पाल्पा र रुपन्देहीमा प्रभावशाली नेताहरू एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री ...