विष्णु पौडेलले रास्वपा प्रवेश गर्नबाट रोकेका वासुदेव घिमिरेले पाए एमालेबाटै टिकट

नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेव घिमिरेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले घिमिरेलाई टिकट दिने निर्णय गरेको हो ।  एमालेभित्र प्रभावशाली र स्थानीय स्तरमा लोकप्रिय नेताका रूपमा चिनिने घिमिरेले यसअघि घिमिरेले पार्टीबाट विद्रोहको तयारी गरेका थिए। उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्कमा पुगेको र रास्वपाबाटै चुनाव लड्ने करिब निश्चित भइसकेको चर्चा रुपन्देहीको राजनीतिक वृत्तमा व्याप्त थियो। उनले सामाजिक सञ्जालबाटै एमालेको कुनै जिम्मेवारीमा नरहेको समेत ब...