नेकपा एमालेले अधिकांश शीर्ष नेताको उम्मेदवार सिफारिस गरे पनि महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङका २ वटा निर्वाचन क्षेत्र खाली राखिएको छ । शनिवार एमाले सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको हो । दाङ १ र २ मा ‘महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गो लगाउने’ गरी होल्डमा राखिएको छ । दुई मध्ये पोखरेलले कुन क्षेत्रबाट चुनाव लड्ने त्यो टुङ्गो लागेपछि अर्को उम्मेदवार सिफारिस गरिने छ । उपमहासचिव लेखराज भट्टका अनुसार दाङ ३ मा घनश्याम पाण्डे उम्मेदवार बनेका छन् । फागुन ...