यी हुन् गण्डकीमा एमालेबाट टिकट पाउने नेताहरु

नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि गण्डकी प्रदेशका सबै ११ वटै जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको नाम टुंगो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो ।    उपमहासचिव लेखराज भट्टका अनुसार गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्की जिल्लाका तीनवटै क्षेत्रमा उम्मेदवार तय भएका छन्। कास्की क्षेत्र नं. १ मा बैन बहादुर क्षेत्री, २ मा कृष्णबहादुर थापा र ३ मा दामोदर बैरागीले टिकट पाएका छन् । त्यसैगरी, लमजुङमा पृथ्वीसुब्बा गुरुङ उम्मेदवार बन्ने निश्चित भएको छ। एमालेले तनह...