एमाले उपमहासचिव भट्ट कैलाली-४ बाट चुनाव लड्दै, यस्तो छ उनको संसदीय यात्रा

४ माघ, डोटी । नेकपा एमालेले सुदूरपश्चिमका सबै १६ निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम टुङ्गो लगाएको छ । शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको हो । एमाले सचिवालयको निर्णय अनुसार पार्टी उपमहासचिव लेखराज भट्ट कैलाली निर्वाचन क्षेत्र–४ बाट चुनाव लड्ने भएका छन् । […]