आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाण्डौ – आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र त्यसैको प्रभावले केही क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । महाशाखाका अनुसार तराई भू–भागका केही ठाउँमा अहिले लागिरहेको हुस्सु/कुहिरो दिउँसोसम्म रहनेछ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने सम्भावना छ । आज राति तराई भू–भागका केही ठाउँमा हुस्...