लोकान्तर ‘राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेको टिकट वितरणमा ईश्वर पोखरेल समूहले असन्तुष्टि पोखेको छ । शनिबार राति सम्पन्न एमाले सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको थियो । तर, इतर पक्षलाई छानिछानि टिकट नदिने काम भएको भन्दै असन्तुष्टि पोखिएको हो । सार्वजनिक रुपमै एमाले उपमहासचिव योगेश भट्टराईले टिकट वितरणमा देखिएको सूची हेरेर न...