कोहीले क्षेत्र परिवर्तन गरे, कोही पार्टी छाडेर हिँडनै लाग्दा अवसर पाए

नेकपा एमालेले लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा सदस्यका लागि अधिकांश उम्मेदवार टुंगो लगाएको छ ।  शनिबार राति सम्पन्न सचिवालय बैठकले लुम्बिनीका २६ निर्वाचन क्षेत्रमध्ये केही बाहेक अधिकांश क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो । पहिले प्रभावशाली नेताहरू उम्मेदवार बनेको क्षेत्र अध्यक्ष केपी शर्मा ओलीले टुंगो लगाउने भएका छन् । सबैभन्दा चर्चामा रहेको रुपन्देही–२ बाट चुनाव लड्दै आएका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ मा गएका छन् । बुटवल पर्ने रुपन्देही–२ बाट ४ पटक लगातार चुनाव जितेका पौडेलले क्षेत्र परिवर्तन ग...