काठमाण्डौ – प्रतिनिधि सभाको चुनाव आउन अब ४६ दिन बाँकी छ भने प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्न दुई दिन मात्रै बाँकी छ । प्रतिनिधिसभा चुनावको कार्यतालिका अनुसार पर्सि मङ्गलवार प्रत्यक्षतर्फको उम्मेदवारहरूको मनोनयन हुँदैछ । मनोनयन दर्ताको समय नजिकिएसँगै दलहरुको सक्रियता पनि बढेको छ । चुनावकै मुखमा विभाजन खेप्नुपरेको नेपाली कांग्रेसले उम्मेदवार छनौट गर्न सूचीलाई छोट्याउने काम गरिरहेको जनाएको छ । विशेष महाधिवेशनबाट आएको नयाँ कार्यसमितिले यसअघि नै सिफारिस भइसकेका नामबाट उम्मेदवार छान्ने तयारी गरेको जनाएको छ । दोस्रो ...